प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ । एमाले मुख्यालय च्यासलमा केहीबेरदेखि मात्रै उनीहरूबीच भेटवार्ता सुरु भएको हो ।
दिउँसो ३ बजेका लागि तय भएको भेटघाट प्रधानमन्त्री ओलीको कार्य व्यस्तताका कारण केहीबेर ढिलोगरी सुरु भएको हो । सक्रिय राजनीतिमा फर्कने घोषणापछि ओलीसँग विद्या भण्डारीको यो पहिलो भेटवार्ता हो । एमालेमा पूर्व राष्ट्रपतिले सक्रिय राजनीतिको घोषणा गरेको विषयले नयाँ बहस निम्त्याएको छ ।
अध्यक्ष ओलीले भने भण्डारीको सदस्यता नवीकरण नभएको बताएका थिए । एमालेमा ओली–विद्या गुट सुरु भएको समेत आंकलन गरिएको लगायतका अवस्थाका बीच दुई जनामा वान टु वान वार्तालाई चासो र अर्थपूर्ण रुपमा हेरिएको छ ।