Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

अवरुद्ध सिद्धिचरण लोकमार्ग सुचारु

पहिरोले अवरुद्ध रहेको ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग सुचारु भएको छ । सडक डिभिजन हर्कपुर, ओखलढुंगाले अनुसार पहिरो हटाएपछि सडक सुचारु भएको जनाएको छ ।

 आइतबार बिहान ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका- ७ स्कूल डाँडास्थित सिद्धिचरण लोकमार्गमा पहिरो आई सडक  पुर्णरुपमा अवरुद्ध भएको थियो । 

सडक डिभिजन हर्कपुर, ओखलढुंगा , सिद्धिचरण नगरपालिका, र प्रहरी सँगको समन्वयमा सडक पुनः सञ्चालनमा आएको छ ।