शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

ओली र विद्यादेवी भण्डारीबीच च्यासलमा भेटवार्ता हुुँदै

ओली र विद्यादेवी भण्डारीबीच च्यासलमा भेटवार्ता हुुँदै

श्रावण ४, २०८२ आइतवार
श्रावण ४, २०८२ आइतवार
  • ओली र विद्यादेवी भण्डारीबीच च्यासलमा भेटवार्ता हुुँदै

    पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल जाँदैछिन् ।

    दिउँसो ३ बजे च्यासल जाने तयारी रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न च्यासल जान लागेकी हुन् ।

    दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे देखिएको विवाद समाधान गर्न अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारी आपसमा बस्नुपर्ने सुझाव धेरै पोलिटब्युरो सदस्यले दिएका थिए ।

    बैठकमा प्राप्त सुझावलाई ख्याल गर्दै अध्यक्ष ओलीले बैठकमा आफूले भण्डारीसँग भेट्ने बताएका थिए । ५ गते बस्न लागेको केन्द्रीय कमिटी बैठक अघि नै यसलाई टुंग्याउनुपर्ने ‘म्यान्डेट’ अनुसार ओलीले भण्डारीसँग छलफल थालेका हुन् । यो भेटपछि नै भण्डारीलाई पार्टीमा दिने जिम्मेवारी र उनको सदस्यता नवीकरणको विषय टुंगिनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट