Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रधानमन्त्री ओली भन्छन्- एक बर्षमा पूँजीबजार रातोबाट हरियो

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको एक बर्षमा पुँजी बजार रातोबाट हरियो भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले २०८१ को असारमा शेयर बजार नेप्से २१०० को वरिपरी रहेकोमा २०८२ को असार सकिदा २८ सय पुगेको उल्लेख गरेका छन् ।

नेपाल राष्ट्र बैंकमा आएका नयाँ गभर्नर डा. विश्व पौडेलको नरम नीतिका कारण मौद्रिक नीति जारी भएपछि नै नेप्से सय अंक भन्दा बढीले बढेको छ ।