Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

दोश्रो महिला कबड्डी विश्वकपमा सहभागी हुने खेलाडीको बिदाई

दोश्रो महिला कबड्डी विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले महिला कबड्डी विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।  प्रतियोगिता अगष्ट ३ देखि १० तारिखसम्म भारतको हरियाणामा हुनेछ ।

विश्वकप खेल्ने खेलाडीमा मानमति विष्ट (कप्तान), जयन्ती बडु (उप–कप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, श्रृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी रहेका छन् ।

त्यस्तै प्रशिक्षक विष्णुदत्त भट्ट, सहायक प्रशिक्षक हरिना थापा, व्यवस्थापक शरद दर्शनधारी र निर्णायक रमेशचन्द्र ओझा रहेका छन् ।एसियाका १७ राष्ट्र मध्येबाट विश्व वरीयतामा तेश्रो स्थानमा रहेको नेपाल पनि छनोट हुँदै प्रतियोगितामा सहभागी हुन लागेको हो ।

प्रतियोगितामा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, होल्यान्ड, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्यान्ड सहभागी हुने छन्।