शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आईएसटीएएफ विश्व च्याम्पियनसिपमा सहभागी हुने टिमको बिदाई

आईएसटीएएफ विश्व च्याम्पियनसिपमा सहभागी हुने टिमको बिदाई

श्रावण २, २०८२ शुक्रवार
श्रावण २, २०८२ शुक्रवार
  • आईएसटीएएफ विश्व च्याम्पियनसिपमा सहभागी हुने टिमको बिदाई

    ३८औं आईएसटीएएफ विश्व च्याम्पियनसिपमा सहभागी हुने ८ खेलाडीसहित १३ सदस्यीय नेपाली सेपाकताक्रो टोलीको बिदाई गरिएको छ ।  

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले ३८औं आईएसटीएएफ विश्व च्याम्पियनसिपमा सहभागी हुने ८ खेलाडीसहित १३ सदस्यीय नेपाली सेपाकताक्रो टोलीलाई बिदाइ गरेका हुन् ।

    जुलाइ २२ देखि २८ तारिखसम्म थाइल्यान्डमा हुने प्रतियोगितामा नेपालले रेगु, क्वाड्रेन्ट, मिक्स क्वाड्रेन्ट र हुपताक्रो स्पर्धामा प्रतिस्पर्धा गर्ने छ ।

    आईएसटीएएफ विश्व च्याम्पियनसिपमा सहभागी हुने खेलाडीमा रोशन तामाङ (कप्तान), पदमबहादुर ठाडा मगर, सुजन थिङ, राजन नेपाली, सनम पुर्जा पुन, मिजास लामा, सुमित्रा डंगोल र निरु थापा मगर रहेका छन् ।

    त्यस्तै अफिसियलमा व्यवस्थापक नेत्रप्रसाद गुरुङ, प्रशिक्षक अक्कलबहादुर तामाङ र टेकबहादुर बुढा मगर, निर्णायक मेघराज तोलङगी तथा आईटीओ नेसिर मास्के रहेका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट