शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

साफ यू-२० महिला च्याम्पियनसिप: आज नेपाल र श्रीलंका भिड्दै

साफ यू-२० महिला च्याम्पियनसिप: आज नेपाल र श्रीलंका भिड्दै

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • साफ यू-२० महिला च्याम्पियनसिप: आज नेपाल र श्रीलंका भिड्दै

    नेपाल साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज श्रीलंकाविरुद्ध खेल्दै छ ।

    यो खेल नेपाली समय अनुसार दिउसो २: ४५ बजेदेखि शुरु हुदैछ । बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुने यो खेलको प्रत्यक्ष प्रशारण 'Sportzworkz' युट्युब च्यानलबाट हुने एन्फाले जानकारी दिएको छ ।

    जारी प्रतियोगितामा नेपालले खेलेका ३ खेलमा २ जित हासिल गरेको छ । जसमा नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको थियो भने भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै नेपाल बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो । 

    त्यस्तै श्रीलंकाले भने लगातार तेस्रो हार बेहोरेको छ । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ९-१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग ५-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपालसँग ७-० गोलले पराजित भएको थियो । 

    नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

    यस प्रतियोगितामा नेपालले अब अर्को खेल जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । 

    यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।

    साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय यू-२० महिला टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले बिर्साना चौधरीको कप्तानीमा २३ खेलाडी खेल्दैछन् । 

    गोलकिपरः लिला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ । डिफेन्डरः सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पाण्डक, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिशा राई र सीता रोकाया । मिडफिल्डर: कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी (कप्तान) र सेनु परियार । फरवार्डः कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार