Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

तेस्रो टेस्टमा भारतमाथि इङल्याण्डको रोमाञ्चक जित, सिरिजमा २-१ ले अगाडी

इङल्याण्डले भारतविरुद्धको तेस्रो टेस्ट जितेको छ । खेलको पाँचौं दिन सिरिजको तेस्रो टेस्ट इङल्याण्डले २२ रनले जितेको हो । 

लर्ड्स क्रिकेट मैदानमा सम्पन्न खेलमा इङल्याण्डले दिएको १९३ रनको लक्ष्य पछाएको भारतले १७० रन बनाएर अलआउट भएपछि इङल्याण्ड २२ रनले विजयी भएको हो । 

भारतका लागि रविन्द्र जडेजाले अविजित ६१ रन बनाए भने केएल राहुलले ३९ रन बनाएका थिए ।  त्यस्तैकरुण नायरले १४ र नितिश कुमार रेड्डीले १३ रन बनाएका थिए । 

त्यस्तै इङल्याण्डका बलर जोफ्रा आर्चर र बेन स्टोक्सले ३-३ विकेट लिएका थिए । त्यस्तै ब्राइडन कार्सले २ तथा शोयब बशीर र क्रिस वोक्सले एक एक विकेट लिएका थिए । 

यसअघि पहिलो इनिंगमा भारत र इङल्याण्डले ३८७-३८७ रन बनाएका थिए । यो जितपछि इङल्याण्डले ५ खेलको टेस्ट सिरिजमा २-१ को अग्रता हासिल गरेको छ । अब सिरिजको चौथो खेल जुलाई २३ देखि म्यानचेस्टरमा हुने छ ।