Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी कर्णाली याक्स नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई टिमको प्रमुख प्रशिक्षक तथा क्रिकेट निर्देशकको रूपमा नियुक्त गरेको छ ।

कर्णाली याक्सले सोमबार मल्ललाई टिमको प्रमुख प्रशिक्षक तथा क्रिकेट निर्देशकको रूपमा नियुक्त गरेको हो । कर्णालीले मल्लले प्राप्त गरेको अनुभव, रणनीतिक सोच र नेतृत्व क्षमताले कर्णाली याक्सलाई प्रतिस्पर्धात्मक रूपमा थप सशक्त बनाउने विश्वास गरेको छ । 

ज्ञानेन्द्र एनपीएलको पहिलो सिजनमा पनि कर्णाली याक्सको प्रशिक्षक थिए । एनपीएलको पहिलो सिजनमा कर्णाली दोस्रो क्वालिफायरमा पुगेर पराजित भएको थियो ।