नेदरल्याण्डस र इटाली आइसीसी पुरुष टी-२० विश्वकपमा छनौट भएका छन् ।
युरोप छनौट अन्तर्गत नेदरल्याण्डस र इटाली विजेता र उपविजेता हुदै विश्वकपमा छनौट भएका हुन् । शुक्रबार राति सम्पन्न छनौट खेलमा नेदरल्याण्डसले इटालीलाई ९ विकेटले पराजित गर्दै ४ खेलमा ६ अंक हासिल गरेको थियो । त्यस्तै इटालीको ४ खेलमा ५ अंक रहेको थियो । जर्सीको समान ५ अंक भएपनि रनरेटमा इटाली अगाडी भएपछि विश्वकपमा छनौट भएको हो । इटाली पहिलो पटक विश्वकपमा छनौट भएको छ ।
२०२६ को टी-२० विश्वकपका लागि भारत र श्रीलंका आयोजकमा रुपमा छनौट भएका छन् । त्यस्तै २०२४ मा अमेरिकामा भएको विश्वकपमा टप ७ टिम अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज सिधै छनौट भएका छन् ।
त्यस्तै २०२४ को जुन ३० सम्म शिर्ष वरियतामा रहेका आयरल्याण्ड, न्यूजील्याण्ड र पाकिस्तान पनि सिधै छनौट भएका छन् । त्यसैगरी अमेरिका छनौटबाट क्यानडा विश्वकपमा छनौट भएको छ ।
त्यस्तै अब युरोपमा नेदरल्याण्डस र इटाली छनौट भएका छन् । अब, अफ्रीका र एशिया र इष्ट एशियाबाट छनौट हुन बाँकी रहेको छ ।