शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

भट्टको राजीनामा स्वीकृत गर्न कामु गभर्नर ढुंगानालाई अर्थमन्त्रीको निर्देशन

भट्टको राजीनामा स्वीकृत गर्न कामु गभर्नर ढुंगानालाई अर्थमन्त्रीको निर्देशन

बैशाख १४, २०८२ आइतवार
बैशाख १४, २०८२ आइतवार
  • भट्टको राजीनामा स्वीकृत गर्न कामु गभर्नर ढुंगानालाई अर्थमन्त्रीको निर्देशन

    नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कामु गभर्नर निलम तिम्सिना ढुंगानालाई निर्देशन दिएका छन्।

    आइतबार मन्त्रालयमा बोलाएर ढुंगानालाई उपप्रधानमन्त्री पौडेलले यस्तो निर्देशन दिएको स्रोतले जानकारी दियो । सत्ता साझेदार कांग्रेस र एमालेबीच नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक भट्टलाई नयाँ गभर्नर नियुक्त गर्न समझदारी भएको सार्वजनिक भएको थियो ।

    त्यसपछि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट भट्टले राजीनामा दिएकोमा त्यो स्वीकृत भएको छैन । कामु गभर्नर ढुंगाना आफै गभर्नरको प्रतिस्पर्धी भएकाले उनले राजीनामा स्वीकृत नगरेको आशंका गरिएको छ । तर, उपप्रधानमन्त्री पौडेलले राजीनामा स्वीकृत गर्न निर्देशन दिएपछि सम्भवतः उनले त्यसको पालना गर्ने मन्त्रालय स्रोतको भनाइ छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शुक्रवार साँझ भेट भएको थियो । भेटमा उपप्रधानमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। भेटमा भएको सहमतिअनुसार उपप्रधानमन्त्री पौडेलले सो निर्देशन दिएको मन्त्रालय स्रोतको भनाइ छ । उपप्रधानमन्त्री पौडेलसँग आफ्नो भेट भए पनि गभर्नर नियुक्तिका विषयमा कुनै कुरा नभएको कामु गभर्नर ढुंगानाले बताइन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट