Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

टेम्पोमा भेटिइन् निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई

शिक्षक आन्दोलनका कारण मन्त्री पदबाट राजीनामा दिएकी पूर्वशिक्षामन्त्री तथा सांसद विद्या भट्टराई टेम्पोमा भेटिएकी छिन्। 

सामाजिक सञ्जालमा उनले सफा टेम्पो चढेर यात्रा गरिरहेको तस्वीरहरू भाइरल बनेका छन् । गत ८ वैशाखमा प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी भट्टराईसँग निजी सवारी साधन छैन । भट्टराईले राजीनामा दिएकै दिन क्वार्टर छाडेकी थिइन् । 
493792922_1086120646875602_2463304083434077504_n.jpg

एमालेकै अर्का सांसद तारा लामा तामाङले उनको उक्त तस्वीर सार्वजनिक गरेका हुन्। आफू पठाओ कुरिरहेका वेला भट्टराई घर फर्कने क्रममा उक्त दृश्य देखेपछि तस्वीर लिएको उनले बताएका छन्।

'प्रतिनिधिसभा २०७९, छैठाैँ अधिवेशनको पहिले दिन (२०८२/१/१२) को बैठक सकिएपछि संसद भवनको ३ नम्बर गेट बानेश्वरमा म डेरा जानका लागि पठाओको पर्खाइमा थिएँ', तस्वीर सेयर गर्दै लामाले लेखेका छन्, 'निवर्तमान मन्त्री विद्या भट्टराई ज्यू संसद बैठकपश्चात् निवासतिर प्रस्थान गर्ने क्रममा ट्याम्पाेमा चढ्दै गरेको देखेँ र मैले लिएका उहाँका केही फोटा मन परेकाले पोष्ट गरेँ है।' 

यद्यपि उनले स्वास्थको कारण देखाउँदै राजीनामा दिएकी थिइन्।