शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नायिका श्वेता खड्काका कारण माझी बस्ती नै लिलाम हुन लाग्यो: सांसद उर्मिला माझी

नायिका श्वेता खड्काका कारण माझी बस्ती नै लिलाम हुन लाग्यो: सांसद उर्मिला माझी

बैशाख १४, २०८२ आइतवार
बैशाख १४, २०८२ आइतवार
  • नायिका श्वेता खड्काका कारण माझी बस्ती नै लिलाम हुन लाग्यो: सांसद उर्मिला माझी

    सांसद उर्मिला माझीले सिन्धुपाल्चोकको माझी बस्ती नै लिलामीमा पर्न लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

    आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा सांसद माझीले नायिका श्वेता खड्का फाउन्डेसनको ऋणमा निर्माण भएको सिन्धुपाल्चोकको माझी बस्तीप्रति कर्तव्य पालना गर्न सक्षम नहुँदा विस्थापित हुनेक्रम बढेको बताएकी हुन् । ०७२ सालको गोरखा भूकम्पपछि पुनर्निर्माणको प्रक्रियामा खड्काले सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिका–११ मा ५५ घर माझी बस्ती बनाइदिए पनि कर्तव्य पूरा गर्न चुकेको उनको आरोप छ ।

    ‘व्यक्तित्वको हिसाबले श्वेता खड्का सम्मानित व्यक्ति हुनुहुन्छ । कलाकारिताका हिसाबले राष्ट्रकै गहना हुनुहुन्छ, हामी उहाँलाई सम्मान गर्छौँ,’ उनले भनिन्, ‘उहाँले घर त निर्माण गरिदिनु भयो, तर आज उहाँकै कारणले गर्दा ५५ घरधुरी माझी समुदाय बैंकको कालोसूचीमा परेर बस्ती नै लिलाम हुने परिस्थिति सिर्जना भएको छ । उहाँले सेवाका भावनाले गर्नुभयो, हामी नराम्रो मान्दैनौं । तर, उहाँले जुन किसिमले सेवा गर्न खोज्नु भयो, त्यसलाई पूरा गर्न सक्नु भएन । आफ्नो कर्तव्य निर्वाह गर्न सक्नु भएन ।’

    नायिका खड्काले २०७२ को भूकम्पपछि उक्त माझी बस्ती निर्माण गर्न स्वेता खड्का फाउन्डेशनमार्फत अभियान चलाए पनि सो काम अलपत्र परेको थियो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार