Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सरकारलाई रास्वपाको सुुझावः मेटालाई बन्द गर्ने चेतावनी होइन, समाधानको बाटो खोजियोस् (भिडियोसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले मेटालाई सात दिनमा दर्ता नभए बन्द गर्ने चेतावनी नदिई समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले कानुनमा भएका उल्झनलाई समाधान नगरी चेतावनी दिनु लज्जास्पद भएको बताएका छन् ।

उनले मेटा नेपालमा दर्ता हुनुपर्ने बताए । तर, सरकारले धम्की दिएर होइन, समाधानको बाटो खोजेर मेटालाई नेपालमा दर्ता गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । 

केही दिन अघि सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा ७ दिनभित्र नेपालमा दर्ता नभए बन्द गर्ने चेतावनी दिएका थिए ।