Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

भाटभटेनीमा रक्सी चोर्ने कुन सहमहामन्त्रीको छोरा हो प्रमाणित गर्न कांग्रेसको चेतावनी

‘होइन भने उहाँले क्षमायाचना गर्नुपर्छ, रेकर्डबाट हटाउनु पर्छ’

सत्ता साझेदार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्षित गर्दै भाटभटेनीबाट कुन सहमहामन्त्रीको कुन छोराले रक्सीको बोत्तल चोरेको हो प्रमाणित गर्न चेतावनी दिएका छ ।

चैत १५ गतेको घटना भन्दै राप्रपा अध्यक्ष लिङ्देनले वैशाख १२ गतेको प्रतिनिधि सभा बैठकमा कांग्रेसका सहमहामन्त्रीको छोरा भाटभटेनीको सामान लुटपाटमा संलग्न रहेको, प्रहरीले पक्राउ गरे पनि छाडेको अभिव्यक्ति दिएका थिए । उक्त कुरा प्रमाणित गर्न र प्रमाणित गर्न नसके क्षमायाचना गर्न कांग्रेस प्रमुख सचेतक घिमिरेले आइतबारको प्रतिनिधि सभा बैठकबाट माग गरेका हुन् ।

‘कांग्रेसमा आठ जना सहमहामन्त्री हुनुहुन्छ, कुन चाहिँ सहमहामन्त्रीको कुन चाहिँ छोराले रक्सीको बोत्तल बोहेर हिँड्नु भयो प्रमाणित गर्नुस् । होइन भने क्षमायाचना गर्नुस् । संसदको रेकर्डबाट पनि यो कुरा हटाइयोस्,’ उनले भने ।