Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

डा. बाबुराम भट्टराई भारत प्रस्थान

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन्।

उनी प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिका रूपमा सहभागी हुन आज त्यहाँ जानुभएको पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिइन्।

आइतबारदेखि भारतको फरिदावादमा समाजको अधिवेशन सुरु हुँदैछ। डा. भट्टराईका साथ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी र सचिव एवं प्रवास प्रदेशअन्तर्गत भारतका ईञ्चार्ज सन्देश कार्की छन्।