Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

दूधौलीका मेयर अधिकारीविरुद्ध बलात्कार मुद्दा

सिन्धुलीको दूधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुद्ध बलात्कार मुद्दामा जाहेरी परेको छ ।जिल्लाकै एक महिलाले अधिकारीले आफूलाई बलात्कार गरेको भन्दै जाहेरी दिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेले मेयर अधिकारीविरुद्ध बिहीबार जाहेरी परेको जानकारी दिए । 'जाहेरी दर्ता भएको छ, अब अनुसन्धान अघि बढाउँछौं,' एसपी  काफ्लेले भने ।

पीडित महिलाले आफू बलात्कृत भएको र सन्तानसमेत जन्मिएको जाहेरीमा उल्लेख गरेकी छिन् । मेयर अधिकारी नेकपा माओवादी केन्द्रका नेता हुन् ।