Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

किन भारत गए डा. बाबुराम भट्टराई ?

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् ।

उनी प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अतिथिका रूपमा सहभागी हुन शनिबार (वैशाख १३) त्यहाँ गएको पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिइन् । आइतबारदेखि भारतको फरिदाबादमा समाजको अधिवेशन सुरु हुँदै छ ।

डा. भट्टराईका साथ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी र सचिव एवं प्रवास प्रदेशअन्तर्गत भारतका इन्चार्ज सन्देश कार्की छन् ।