शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सरकार शिक्षकहरुलाई अपमानित गर्नेतिर लागेको छः प्रचण्ड

सरकार शिक्षकहरुलाई अपमानित गर्नेतिर लागेको छः प्रचण्ड

बैशाख १३, २०८२ शनिवार
बैशाख १३, २०८२ शनिवार
  • सरकार शिक्षकहरुलाई अपमानित गर्नेतिर लागेको छः प्रचण्ड

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार आन्दोलनरत शिक्षकहरुलाई अपमानित गर्नेतर्फ लागेको आरोप लगाएका छन् ।

    आज (शनिबार) काठमाडौँमा आयोजित प्रेस सेन्टर नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले छोटो बाटोबाट भए पनि विद्यालय शिक्षा ऐन ल्याउनु पने बताए । ‘लाज पचाएर शिक्षकलाई अपमानित गर्नेतिर सरकार लागेको छ,’ प्रचण्डले भने, ‘शिक्षकसँग भएका सहमतिअनुसार ऐन तत्काल ल्याउनु पर्छ र छोटो बाटोबाट लागू गर्नुपर्छ ।’

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकको आन्दोलनप्रति दोहोरो चरित्र देखाएको समेत आरोप लगाएका छन् । ‘प्रतिपक्षमा हुँदा शिक्षकलाई आन्दोलन गर्न उक्साउने व्यक्ति अहिले प्रधानमन्त्री छन्, तर शिक्षकमाथि अपमान भइरहेको छ,’ प्रचण्डले भने । तर, आफूहरु सरकारमा हुँदा पनि जायज माग सम्बोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको र त्यसै अनुसार सहमति गरेको भन्दै उनले अहिले पनि त्यही धारणा रहेको उल्लेख गरे ।

    ‘हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नु पर्छ’
    माओवादी अध्यक्ष प्रचण्डले अहिले अहिले माओवादीहरूसँग बन्दुक नभएकाले प्रचार संयन्त्रमार्फत नै बुर्जुवाहरूसँगको लडाइँ लड्नुपर्ने बताएका छन् । उनले अहिले बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि नभएको बताए ।

    उनले भने, ‘अहिले हामीसँग बन्दुक छैन । बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि होइन । त्यस कारण हामीसँग अब प्रचार संयन्त्रमार्फत नै हामीले बुर्जुवाहरूसँग लडाइँ लड्नु पर्छ । प्रचार संयन्त्रमार्फत नै वैदेशिक प्रतिक्रियावादसँग लड्नु छ । देशभित्रका सबै यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका विरुद्ध लड्नु छ । त्यसैले यो क्षेत्रलाई पार्टीले उच्च प्राथमिकतामा राखेको छ । पार्टीको यो प्राथमिकतालाई ठिक ढंगले नै बुझ्नुभएको महसुस मैले गरेको छु ।’ अध्यक्ष प्रचण्डले अहिले देशको राजनीति निकै पेचिलो परिस्थितिबाट अगाडि बढेको बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार