मकवानपुरको हेटौंडामा स्कुटर दुर्घटना हुँदा नेकपा एमाले जिल्ला अध्यक्ष श्रीधरकुमार पोखरेल गम्भीर घाइते भएका छन्।
प्र ३-०३-००१ प. ५८०७ नम्बरको स्कुटर हेटौँडाबाट कमलडाँडातर्फ आउने क्रममा हेटौँडा- ५ पुष्पलाल पार्कनजिक बिहान ८ बजेतिर दुर्घटना हुँदा पोखरेल गम्भीर घाइते भएका हुन्।
उनको टाउको,निधार र दायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका उनलाई तत्काल स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए।
हेटौंडा अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।