शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सरकार–शिक्षक वार्ता सकियो, के भयो सहमति?

सरकार–शिक्षक वार्ता सकियो, के भयो सहमति?

बैशाख १३, २०८२ शनिवार
बैशाख १३, २०८२ शनिवार
  • सरकार–शिक्षक वार्ता सकियो, के भयो सहमति?

    सरकार र आन्दोलनरत शिक्षकहरूको जारी वार्ता सकिएको छ । आज शनिबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र शिक्षक महासंघका प्रतिनिधिबीचको वार्ता सकिएको हो । वार्ता बिना निष्कर्ष टुङ्गिएको छ ।

    छलफललाई निरन्तरता दिएर समाधान निकालिने शिक्षा मन्त्रालयले जनाएको छ भने आन्दोलनरत शिक्षकले आजको वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएको छ । माग पुरा नभएसम्म आश्वासनमा मात्र आन्दोलन नरोकिने शिक्षक महासंघको अडान छ । वार्ता सकारात्मक भए पनि आन्दोलन भने जारी राख्ने महासंघले जनाएको छ ।

    शिक्षा मन्त्रालयमा भएको वार्तामा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा सहभागी थिए । शिक्षकहरूको आन्दोलन रउनीहरूका माग सम्बोधनका लागि छलफल केन्द्रीत रहेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेसँगै शुक्रबार साँझ नै शिक्षकका केही प्रतिनिधिहरू सिंहदरबार पुगेका थिए । तर सरकारले बनाएको वार्ता टोलीप्रति असहमति जनाउँदै गेटबाटै बाहिरिएका थिए ।

    आज भने बिहानैदेखि मन्त्रालयमा शिक्षक महासंघका प्रतिनिधिहरू पुगेका थिए । शिक्षामन्त्री पन्तको उपस्थितिमा मन्त्रालयमै वार्ता सुरू भएको थियो । गत वर्षको चैत्र २५ गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरूले सरकारले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म विद्यालय आन्दोलन नरोक्ने चेतावनी समेत दिएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट