शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सरकार हेरफेरबारे प्रधानमन्त्रीले भने– अब १४ महिनापछि राजीनामा दिन्छु

सरकार हेरफेरबारे प्रधानमन्त्रीले भने– अब १४ महिनापछि राजीनामा दिन्छु

बैशाख १२, २०८२ शुक्रवार
बैशाख १२, २०८२ शुक्रवार
  • सरकार हेरफेरबारे प्रधानमन्त्रीले भने– अब १४ महिनापछि राजीनामा दिन्छु

    प्रधानमन्त्री केपी शर्मा ओलीले अब १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन् । आज शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा प्रधानमन्त्री समक्ष सञ्चारकर्मीहरूले जिज्ञासा राखेका थिए । सोही प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले अब १४ महिनापछि आफूले राजीनामा दिने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नु हुन्छ ।’

    प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय दलको बैठकमा कांग्रेस सभापति देउवा थाइल्याण्डबाट आएसँगै गठबन्धनबारे छलफल गर्ने ब्रिफिङ गरेका थिए । तर सभापति देउवाले भने थाइल्याण्ड भ्रमणबाट शुक्रबार फर्किएसँगै सञ्चारकर्मीहरूसँग गठबन्धन सरकार पूरा समय चल्ने प्रतिक्रिया दिएका थिए । उनले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार