Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

किन भेटै नगरी फर्कियो नयाँ शिक्षामन्त्रीसँग वार्ता गर्न गएको शिक्षकको टोली?

नव नियुक्त शिक्षामन्त्रीसँग औपचारिक भेटका लागि गएको शिक्षक महासंघको टोली मन्त्रालय नै नपुगी फर्किएको छ ।

शिक्षकको टोलीले वार्ता नगरी फर्किएको जानकारी दिएको छ। शिक्षामन्त्री रघुजी पन्तले आजै आन्दोलनतर शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए । शिक्षक महासंघको टोली शिक्षामन्त्रीसँग भेट गर्न सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गएको थियो। तर, मन्त्रालय नपुगी टोली फर्किएको हो।

शिक्षक महासंघले मन्त्रीसँग भेट नगरी बीचबाट फर्किनुको कारण खुलाएको छैन् । समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसबारे जानकारी दिएका हुन् । यसअघि शिक्षामन्त्री रघुजी पन्तको आह्वानपछि २५ जना शिक्षकको समूह वार्तामा लागि मन्त्रालय पुगेको जानकारी दिइएको थियो ।

यसबारे जानकारी गराउँदै उनले भनेका छन्, ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासंघले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौ।’ उनले अगाडि भने, ‘आज नव नियुक्त शिक्षामन्त्री ज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’ विभिन्न माग राखेर शिक्षकहरू गत चैत २० गतेदेखि आन्दोलनमा छन् ।