शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एमालेले भन्यो– अहिलेका समस्या हामी सरकारमा आएपछि मात्र आएका होइनन्

एमालेले भन्यो– अहिलेका समस्या हामी सरकारमा आएपछि मात्र आएका होइनन्

बैशाख १२, २०८२ शुक्रवार
बैशाख १२, २०८२ शुक्रवार
  • एमालेले भन्यो– अहिलेका समस्या हामी सरकारमा आएपछि मात्र आएका होइनन्

    प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टले संसदले नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । आज शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै विष्टले विगतका अभ्यासबाट पाठ सिक्दै संसद्लाई सहमतिको थलो बनाउनु पर्ने बताए । यतिबेला अराजकता मच्चाउन चाहनेले देशलाई विभाजन गर्न खोजेकाले त्यसलाई नियन्त्रण गर्दै अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।

    संसद् जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने सर्वोच्च थलो भएकोले त्यहाँ त्यही अनुसारको अभ्यास हुनु पर्नेमा उनले जोड दिए । असहमति र विरोधलाई संवैधानिक माध्यमबाट समाधान गर्नुपर्ने उनले बताए । ‘दुनियाँका संसदीय अभ्यासमा सहमति हुन्छ, असहमति हुन्छ, तर संसदीय अभ्यास र सहमतिबाट समस्याको समाधान खोज्न सकिन्छ’, उनले भने । देशमा देखा पर्ने सम्भावित अराजकता नियन्त्रण गरी देशलाई सही बाटोमा अगाडि बढाइ जनतामा आशा जगाउनु पर्ने विष्टको धारणा छ । यस तर्फ संसद् केन्द्रित हुनु पर्ने उनको धारणा छ ।

    लोकतन्त्रमा सबै समस्याको समाधान लोकतान्त्रिक व्यवस्थाले नै दिने उनले प्रष्ट पारे । अहिले देशले आर्थिक चुनौती खेपिरहेको बताउँदै उनले यसलाई नियन्त्रण गर्न उत्पादन वृद्धिमा ध्यान दिनु पर्ने बताए । यो कुरालाई सरकारको आउने नीति तथा कार्यक्रमले समेट्नु पर्ने उनको धारणा छ । उनले देशमा देखिएका समस्याहरू पछिल्लो सरकारको कारण मात्रै नभएको जिकिर गरेको छ। सांसद विष्टले समस्याहरू समाधान गर्नेगरी सरकार अघि बढेको बताए ।

    ‘देशमा यी उल्लेखित समस्या र चुनौतीभन्दा बाहेक बहुआयामिक खालका समस्या पैदा भइरहेका छन् । केही समस्यामा विश्व अर्थ व्यवस्थाका कारण छन् भने केही समस्या आन्तरिक कारण पनि छन्,’ विष्टले भने, ‘यी समस्याहरू केवल ९ महिनाको सरकारको अवधिमा पैदा भएका होइनन् । यी समस्याहरू लामो समयदेखि थुप्रिएका समस्याहरू सामना गर्नेगरी सरकार अघि बढेको छ ।’ तर, चुनौतीका पहाडलाई केवल ९ महिनाको अभ्यास र कार्यान्वयनले परिणाममा पुर्‍याउन नसक्ने उनले बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार