Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

खेलकुमन्त्री चौधरीलाई पार्टी कार्यालयमै कांग्रेस कार्यकर्ताले देखाए कालोझण्डा

खेलकुदमन्त्री तेजुलाल चौधरीलाई आफ्नै पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताले कालो झण्डा देखाएका छन्।

सानेपास्थित पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताहरूले नै मन्त्री चौधरीलाई कालो झण्डा देखाउँदै राजीनामा माग गरेका हुन् । ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै मन्त्री चौधरीलाई कांग्रेस कार्यकर्ताहरूले कालो झण्डा देखाएका हुन् ।

उनीहरूले ‘खेलकुदमन्त्री मुर्दावाद, नालायक मन्त्री मुर्दावाद’ को नारा लगाएका थिए । संगठनविरोधी गतिविधि अन्त्यको मागसमेत उनीहरूले गरेका थिए ।


कांग्रेसको खेलकुद विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरी बिहीबार पार्टी कार्यालय पुगेका बेला उनीहरूले विरोध गरेका हुन् । उक्त कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख अतिथि रहेका छन् ।