Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

पूर्वराजालाई सांसद निधिको सुझावः सीमा ननाघ्नू, दुर्गगति कस्तो हुन्छ भन्ने कुरा नभुल्नू

सत्ता साझेदार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विमलेन्द्र निधिले राजतन्त्र अन्त्य हुने बेला राजाको कस्तो दुर्गति हुन्छ भन्ने कुरा नभुल्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । नेपाली जताको सहनशीलताको सीमा ननाघ्न उनले सुझाव दिए ।

आज बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस नेता निधिले गणतन्त्र जोगाउन परिवर्तन पक्षधर शक्तिले जस्तोसुकै कदम चाल्न सक्ने बताएका हुन् । ‘राजतन्त्रको अन्त्य हुने बेलामा राजाहरूको दुर्गति हुन्छ हेक्का राखून् । नेपाली जनताले धैर्यता, सहनशीलता र सम्मान दिएको छ, त्यो सीमालाई पारित गर्नु हुँदैन । म सचेत गराउन चाहन्छु’, निधिने भने ।

राजतन्त्रको दुष्परिणाम नेपाली जनताले भोगिसकेकाले कुनै पनि किसिमको राजतन्त्र फेरि नेपालमा नफर्किने उनले बताए । ‘संविधानसभामार्फत् नेपालमा गणतन्त्र ल्याइसकेका छौं । गणतन्त्रवादीहरू प्रतिबद्ध छन्, कुनै किसिमको राजतन्त्र फर्किदैन, गणतन्त्र जोगाउन हामी जे गर्न पनि तयारी छौं । देशी, विदेशी साधु सन्तले भनेर हुँदैन’, उनले भने ।

ज्ञानेन्द्रलाई राजा या पूर्वराजा भन्नु भन्दा नेपालको अन्तिम राजा भन्न उपयुक्त हुने उनले बताए । ‘राजा भन्ने कि पूर्वराजा भन्ने बहस भइरहेको छ । रिजेक्टेट राजा, एबोलिस्ट मोनार्की या लास्ट किङ अफ द नेपाल पनि भन्न सकिन्छ । जसरी प्रथम राष्ट्रपति रामवरण यादव हुनुहुन्छ भने ज्ञानेन्द्र अन्तिम राजा’, निधिले भने ।