केन्द्रीय क्याम्पसमा कीर्तिपुरको स्ववियु चुनाव रोक्न उच्च अदालतले आदेश दिएको छ । नेविसंघका नेता विष्णु बडैलाको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै चुनाव रोक्न आदेश दिएको हो ।
अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले चुनाव रोक्न आदेश दिएका हुन् । यसअघि विवाद हुँदा सर्वदलीय सहमतिपछि ८ गते मतदान गर्ने तयारी थियो ।
न्यायाधीश डालकुमार खड्काको इजलासले यो आदेश जारी गरेको हो । उच्च अदालतले दुवै पक्षलाई भोलि नै छलफलमा बोलाएको छ ।
