Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

राजनीतिक दलहरुले स्ववियुको नाममा क्याम्पसहरुमा ताण्डव देखाएः सुमना श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले राजनीतिक दलहरुले स्वतन्त्र विद्यार्थी युनियनको नाममा क्याम्पसहरुमा ताण्डव देखाएको टिप्पणी गरेकी छिन् ।

आज बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफ्नो गुटलाई बलियो बनाउन तथा पद हत्याउनका लागि विद्यार्थीको दुरुपयोग गरिएको बताइन् । उनले क्याम्पसहरुमा महिना दिनदेखि ताला लगाउँदा विद्यार्थीले पढ्न नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराइन् । विद्यार्थीको पढ्न पाउने हक सुनिश्चित गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् ।


उनले भनिन्, ‘स्ववियुको नाममा क्याम्पसहरुमा दलहरुको ताण्डव भइरहेको छ । यो के भएको? आफ्नो गुट, उपगुटलाई बचाउन महामन्त्री सभापति बन्न विद्यार्थीहरुको दुरुपयोग भइरहेको छ सभामुख महोदय । विद्यालयमा तालाबन्दी गरिएको छ । विद्यार्थीहरुले पढ्न नपाएको एक महिना भयो । म यसमा प्रधानमन्त्री ज्युको ध्यानाकर्षण गराउँछु । विद्यार्थीहरुको पढ्ने हक सुनिश्चित गरियोस् ।’