Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

महाराजगञ्ज नर्सिङ क्याम्पसमा अखिलको बिरासत भत्काउँदै नेविसंघकी विन्दु विजयी

महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको विरासत भत्काउँदै नेपाल विद्यार्थी संघ विजयी भएको छ।

नेविसंघबाट सभापतिमा विन्दु पोखरेल २५९ मतका साथ विजयी भएकी छन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी मनकुमारी बुढाले २५८ मत पाइन् ।

यहाँ सचिव र कोषाध्यक्षमा पनि नेविसंघकै उम्मेदवार विजयी भएका छन् । एक जना सदस्यमा भने अखिल उम्मेदवार विजयी भएकी छन्। यसअघि निरन्तर अखिल विजयी हुँदै आएको थियो ।