Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

पोखरा नर्सिङ क्याम्पसमा एमाले निकट अखिलको प्यानलै विजयी, प्रतिभा सभापति

पोखरास्थित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमाले निकट अनेरास्ववियुको प्यानलै विजयी भएको छ ।

 आज मंगलबार साँझ सकिएको मत परिणाम अनुसार अनेरास्ववियुकी प्रतिभा भण्डारी सभापतिमा निर्वाचित भएकी छन् ।

त्यस्तै सचिवमा सोही संगठनकी सलिना श्रेष्ठ र कोषाध्यषमा कुसुम गौतम निर्वाचित भएका छन्। मतगणनाको अन्तिम रुजु बाँकी रहेको तर अनेरास्ववियुका उम्मेदवारहरु बिजय भएको क्याम्पसका सूचना अधिकारी केदारनाथ अधिकारीले जानकारी दिएका छन् । 

यो क्याम्पसमा विगतदेखि नै अनेरास्ववियुले जित्दै आएको छ ।