Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रधानमन्त्रीलाई गैरसरकारी संस्था महासंघको घोषणापत्र हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैरसरकारी संस्था महासंघ नेपालको नवनिर्वाचित नेतृत्वले ११ औं महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज महासंघका अध्यक्ष अर्जुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानुनको बन्नुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्ने लगायत विषय समेटिएको घोषणापत्र बुझाएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वलाई बधाई दिँदै सामाजिक रुपान्तरण र विकासका काममा सफलता हासिल गर्न शुभकामना दिएका छन् । महासंघको गत फागुन २५ गतेदेखि २७ गतेसम्म काठमाडौँमा भएको महाधिवेशनबाट अर्जुनकुमार भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचिन भएको थियो ।