Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रचण्डको तस्बिर जलाउने राप्रपा नेता छुटे

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् । चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो ।

उनलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको हो । रिहाइलगत्तै बमलाई हेटौंडा–२ स्थित राप्रपा कार्यालयमा स्वागत समेत गरिएको छ । यता माओवादी अध्यक्ष प्रचण्डले तस्बिर जलाएकै आधारमा कसैलाई पक्राउ गर्न ठिक नहुने बताएका थिए ।

अध्यक्ष प्रचण्डले विरोधको शैली फरक–फरक हुने प्रतिक्रिया दिएका थिए ।