Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैनः प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोटो जलाएको आधारमा कसैलाई गिरफ्तार गर्नु लोकतान्त्रिक मूल्य विपरीत रहेको टिप्पणी गरेका छन् ।

आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले लोकतन्त्रमा विरोधका विभिन्न स्वरूप हुने भन्दै फोटो जलाउनु मात्रको कारणले गिरफ्तारी उचित नभएको उल्लेख गरे । उनको यो टिप्पणी प्रहरीद्वारा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई पक्राउ गरिएपछि आएको हो ।

बमले शनिबार हेटौंडामा प्रचण्डको तस्वीर मञ्चमै जलाउँदै नारा समेत लगाएका थिए । उनले सिन्धुपाल्चोकमा पूर्व राजा लक्षित प्रचण्डको अभिव्यक्तिप्रति असहमति जनाउँदै विरोध स्वरूप यस्तो गरेको बताएका थिए । उनलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेर प्रहरीले मकवानपुर पठाएको छ । डीएसपी श्यामु अर्यालले बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उपस्थित गराइएको स्वीकार गरेका छन् ।

हेर्नुहोस् यो भिडियो पनि: