Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रघुजीलाई ज्ञानेन्द्र शाहीको जवाफः 'तपाईं जस्तो ओलीको पछाडि हिँडेर सेतोलाई कालो कालोलाई सेतो भनेर निगाह थापेर आएको होइन'

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लाबाट हाहा हो हो गरेर आएको होइन जनताबाट चुनाव जितेर आएको भन्दै सत्तारुढ नेकपा एमाले सांसद रघुजी पन्तलाई जवाफ दिएका छन् ।

आज आइतबार सांसद पन्त बोल्दै गर्दा बीचमा उठेर राप्रपा सांसद शाहीले आपत्ति जनाएपछि भनाभन समेत भएको थियो ।

सांसद पन्तलाई जवाफ दिदैं शाहीले भनेका छन्ः
जुम्लाबाट हाहा हो हो गरेर आएको होइन जनताबाट चुनाव जितेर आएको हो माननीय ज्यू तपाईं जस्तो प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको पछाडि हिँडेर सेतोलाई कालो कालोलाई सेतो भनेर निगाह थापेर आएको होइन।