Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रचण्डको अभिव्यक्ति देशलाई हिंसामा धकेल्ने खालकोः धवल शमशेर राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा.धवल शमशेर राणाले माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुनः देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै राणाले प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुनः देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ भन्दै यो परिस्थितिमा सम्पूर्ण देशभक्त राजभक्तहरूमा यस्ता अराजक गतिबिधिबाट प्रभावित नभै संयमतापूर्वक आफ्नो अभियान जारी राख्न अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुनः देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ । यो परिस्थितिमा सम्पूर्ण देशभक्त राजभक्तहरूमा यस्ता अराजक गतिबिधिबाट प्रभावित नभै संयमतापूर्वक आफ्नो अभियान जारी राख्न अनुरोध छ ।’