Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

मन्त्री पाण्डेलाई कारबाही गर्न माग गर्दै कांग्रेसकै सांसद बजगाईले दिए उजुरी

पर्यटनमन्त्री बद्री पाण्डेलाई कारवाही माग गर्दै नेपाली कांग्रेसको अनुशासन आयोगमा उजुरी परेका छ ।

कांग्रेसकै सांसद राजेन्द्र बजगाईले मन्त्री पाण्डेलाई कारबाहीको माग गर्दै पार्टी अनुशासन आयोगमा उजुरी दिएका हुन् । पाण्डेमाथि बजगाईले विभिन्न चार आरोप लगाएका छन् ।

मन्त्री पाण्डेले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी जिनपिङको विचारधाराको पक्षपोषण गर्नुको साथै कांग्रेसको सिद्धान्त, संविधान र राष्ट्रिय हितविपरीत बोलेको बजगाईले आरोप लगाएका छन् ।


हेर्नुस् आरोपसहितको उजुरी

Rajendra-Bajgain-note.jpg