Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

पूर्व विशिष्टलाई अहिले दिइएको सुविधा नै घटाउन आवश्यकः डा. कोइराला

सत्ता साझेदार नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राज्यका पूर्व विशिष्ट पदाधिकारीहरूलाई सरकारले आजीवन सुविधा दिने गरी कानुन बनाउन लागेकोमा आक्रोश व्यक्त गरेका छन् । उनले पूर्व विशिष्टलाई अहिले दिइएको सुविधा नै घटाउन आवश्यक रहेको बताएका छन् ।

सरकारले पूर्व विशिष्टलाई कानुन संशोधन गरेर आजीवन सुविधा दिन लागेका विषयमा समाचार आएपछि शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा राख्दै नेता कोइरालाले यस्ता कामले व्यवस्था र दलहरूको हित नगर्ने बताए । उनले सरकारको यस्तो कदमलाई ‘विनास काले विपरित बुद्धि’ भन्दै टिप्पणी गरेका छन् ।

‘सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टीभित्र नै सरकारको कामको तिव्र विरोध र गलत तत्वहरुले सडक तताइरहेको संवेदनशील अबस्थामा अर्को दुष्कर्मको प्रयासः पूर्व विशिष्टलाई आजिवन सुविधा, यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन । सरकार, यस्ता काम अघि नबढाऊ, बरु अहिले दिइएको सुविधा पनि घटाऊ,’ कोइरालाले भनेका छन् ।