Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

नेवार समुदायको चिहान हडपेको रास्वपाको आरोपपछि संसदमा ‘हंगामा’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले काठमाडौंको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकको नेवार समुदायको चिहानको जग्गा नेपाली कांग्रेसका नेताले हडपेको आरोप लगाएका छन् । आज बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोक कब्जामा लिई भोगचलन गरेको आरोप लगाएका हुन् । उनले कांग्रेसका कुन नेताले हडपेको भन्ने चाहिँ खुलाएनन् ।

‘काठमाडौं क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर– ९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं. ६२-६३ नेपाली कांग्रसका नेताले कब्जामा लिइ भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीको वाबजुद स्थानीय निकायले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको आम गुनासो छ’ उनले भने ।

यस्तै रास्वपाकै सांसद सुमना श्रेष्ठले कांग्रेसका नेताले सरकारी जग्गा कब्जामा लिएको आमगुनासो रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। ‘काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ मा पर्ने लोकतान्त्रिक चोकको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको स्थानीयहरूको गुनासो र उजुरीका बाबजुत स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आमगुनासो छ ।

यसमा पनि ध्यनाकर्षण गराएँ,’ उनले भनिन् । रास्वपा सांसदले सार्वजनि जग्गा हडपेको आरोप लगाएपछि कांग्रेस सांसदहरुले संसद वैठकमा होहल्ला गरेका छन् ।