महिलाहरूको आर्थिक सशक्तिकरणका लागि नबिल बैंकले नबिल प्रिमियम नारी बचत खाता सञ्चालनमा ल्याएको छ। उनीहरूको बचत सुरक्षित र सुविधा सम्पन्न बनाउने उद्देश्यले उक्त खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
महिलाहरूले रू ५००० मौज्दातमा सो खाता सजिल्लै खोल्न सक्ने छन्। बैंक स्टेटमेन्ट चेक बुक ब्यालेन्स सर्टिफिकेट भिजा डेबिड कार्ड लगायतका सेवाहरू पूर्ण रूपमा निःशुल्क पाउन सक्ने छन। यसैगरी मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमा विशेष छुट उनिहरूले पाउन सक्ने छन। भने स्विफ्ट ट्रान्सफरमा ५० प्रतिशत र लकर सेवामा महिलाहरूले २५ प्रतिशतसम्मको छुट पाउन सक्ने छन्। अन्तर्राष्ट्रिय कारोबार अझ छिटो छरितो हुने छ, उनिहरूका बहुमूल्य सम्पत्ति सुरक्षित हुने छ। त्यस्तै उनिहरूले आकर्षक ब्याजदर पनि पाउन सक्ने छन।
नबिल बैङ्कका प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी वित्तीय सेवा उपलब्ध गराउने क्रममा नबिल प्रिमियम नारी बचत खाता आफूहरूले सञ्चालनमा ल्याएको बताए। ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै जाने क्रममा महिलाहरूको आर्थिक सशक्तिकरणका लागि नबिल प्रिमियम नारी बचत खाता सञ्चालनमा ल्याएको कृष्ण बताउँछन। नबिल बैंकले उक्त खाता सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य महिलाहरूको वित्तीय सशक्तिकरण र बैंकिङ पहुँच विस्तार गर्नु रहेको उनले बताए। नेपालमा धेरै महिलाहरू अझै पनि बैंकिङ प्रणालीभन्दा बाहिर छन्, जसले गर्दा उनीहरूलाई आर्थिक रूपले आत्मनिर्भर बन्न चुनौती सिर्जना गरिरहेको छ। महिलाहरूको आवश्यक्तालाई मध्यनजर गरेर यस खातामार्फत नबिल बैंकले महिलाहरूलाई सुरक्षित बचत, डिजिटल बैंकिङ सेवा र वित्तीय सुविधाहरू प्रदान गरेर उनीहरूलाई बैंकिङ प्रणालीमा ल्याउने लक्ष्य रहेको सुवेदीले भने।
महिलाहरूको लागि छुट्टै योजना ल्याउनुको कारण प्रकाश पार्दै उनले महिलाहरूलाई बचत गर्न प्रेरित गर्दै आर्थिक स्वतन्त्रता दिलाउने, बैंकिङ पहुँच विस्तार गर्ने ग्रामीण भेगका महिलाहरूलाई बैंकिङ प्रणालीमा जोड्ने, महिलाहरूलाई डिजिटल बैंकिङ सेवामा अभ्यस्त गराउने तथा वित्तीय रूपमा सशक्त बनाउने लक्ष्य रहेको बताए।
यसैगरी नबिल बैंकले ग्रामीण भेगका महिलाहरूलाई वित्तीय सेवामा समेट्नका लागि विभिन्न रणनीतिहरू अपनाएको कृष्णले बताए । ग्रामीण क्षेत्रमा शाखाहरू स्थापना गरी स्थानीय समुदायलाई बैंकिङ सेवाको पहुँचमा पुर्याउनका लागि मोबाइल बैंकिङ सेवामार्फत ग्रामीण भेगका महिलाहरूलाई डिजिटल वित्तीय सेवामा समावेश गरिरहेको, वित्तीय साक्षरता अभिवृद्धि गर्नका लागि तालिम र चेतना मुलक कार्यक्रमहरू सञ्चालन गर्ने गरेको साना व्यवसायी महिलाहरूलाई सहुलियतपूर्ण ऋण सुविधा प्रदान गरी उद्यमशीलता प्रवर्द्धन गरेको, विभिन्न सहकारी संस्थाहरू र माइक्रोफाइनान्स संस्थासँग सहकार्य गर्दै ग्रामीण भेगका महिलाहरूलाई वित्तीय समावेशीकरणमा जोड दिँदै आएको उनले बताए।