Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

जय महांकाल युवा समूहद्वारा महाभूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा बास्केटबल प्रतियोगिता हुँदै

गएको २०७२ साल बैशाख १२ को महाभूकम्पको स्मरणमा भव्यताका साथ ह्वीलचियर बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ। 

'भोकालाई भोजन प्यासालाई पानी' मुल नारा बोकेका जय महांकाल युवा समूहको आयोजनामा यहि आउदो साल २०८२ बैशाख १२ गते हुन गइरहेको  प्रतियोगितामा अपाङ्गता भएका व्यक्तिहरुप्रतिको  समाजमा हेरिने दृष्टिकोणलाई चिर्न तथा अपाङ्गता भएका व्यक्तीले पनि केहि गर्न सक्छन भनी उद्देश्यका साथ र समाजमा सकारात्मक संदेश फैलाउन सो कार्यक्रमको आयोजना गर्न लागिएको हो।

WhatsApp Image 2025-03-09 at 18.19.13_80e56e34.jpg

यो जय महांकाल संस्थाद्वारा आयोजित चौथो संस्करण हो भने यस् प्रतियोगितामा प्रथम, दृत्य र तृतीय हुनेलाई पुरस्कार स्वरुप विशेष राशीको पनि व्यवस्था गरिएको छ जसमा महिला दिदिबहिनीको पनि समान सहभागिता गराउने उद्देश्य देखिन्छ भने यो हुन् गईरहेको प्रतियोगिताको स्थान काठमाडौं महानगरपालिका-४ विशाल मिलन केन्द्र चंडोल हो।

२०७२ बैशाख १२ गतेको महा भुकम्पमा परि दुवै खुट्टा गुमाएका दैलेखको महाबु–३,बाँसीका रमेश खत्रीले पछील्लो समय पौडिमा,ह्वीलचियर बास्केटबल,ह्वीलचियर डान्स तथा ह्वीलचियर म्याराथुनमा समेत राम्रो गर्दै आएका छन। उनै खत्रीको नेतृत्वमा हुन लागेको यस प्रतियोगितालाई सफल पार्न विभिन्न व्यक्ती तथा संघ सस्थालाई भन्छन हाम्रो यस्तो अविकसित मुलुकमा अपाङ्गता भएका ब्यक्तिहरुले शारीरिक मानसिक तथा सामाजिक समस्याहरू भोग्नु पर्ने स्थिति छ जस्ले गर्दा अपाङ्गता भएका ब्यक्ति तथा उनीहरूका परिवार सँगै मानसिक र शारीरिक तनावमा रहेको पाइन्छ ।

WhatsApp Image 2025-03-09 at 18.19.13_a5e72bd5.jpg

त्यसैले यउस किसिमका खेलकुद प्रतियोगिताले थोरै भएपनि राहत हुने र मानसिक रुपमा तन्दुरुस्त राख्नमा सहयोग गर्ने बताउछन ।आयोजक जय महांकाल युवा समुहले आफ्नो उद्देश अनुसार २०७२ वैशाख १२ गतेको महाभूकम्पमा परी ज्यान गुमाएका करीब नौ हजार मानिसहरुको सम्झना र महाभूकम्पमा परी घाईते भएका करीब २७ सय व्यक्तिहरु तथा अंग भंग भएकालाई पूर्ण हौसला मिल्ने र सरकारको ध्यान आकर्षण गर्न यो कार्यक्रमको आयोजना हुन लागेको हो ।यस संस्थाले आफ्नो उद्देश अनुसार हरेक क्षेत्रसँगसँगै खेलकुदको क्षेत्रमा पनि काम गर्दै आएको छ।

रमेश खत्री भन्छन खेलकुद एउटा यस्तो माध्यम हो जसले सम्पूर्ण घर भित्र मात्र सीमित भएर बसेका अपाङ्गता भएका ब्यक्तिहरुलाई बाहिरी वातावरणमा घुलमिल गराउँदै खेलमैदानमा लाएर नयाँ हौसला तथा उत्साह प्रदान गर्दछ ।खेलकुदले सामाजिक, भाषिक, सांस्कृतिक र अन्य सबै तगरहरुलाई तोड्दै समाजमा समावेसितालाई आत्मसात गर्न उत्प्रेरित गर्दछ ।

WhatsApp Image 2025-03-09 at 18.19.15_6f6dd053.jpg

यस्तो खेलकुदले अपाङ्गता भएको व्याक्तीको स्वाथ्यमा पनि उतिकै महत्त्व राख्दछ। पहिलो केहि वर्षको अनुभवमा हामीले खेलकुदमा सँलग्न भएका अपाङ्गता भएका ब्यक्तिहरु समाजमा बढी सक्रिय भएको र स्वस्थ्य तन्दुरष्ट बनाई लामो आयू भएको यस संस्थाले गरेको बिगत तिन वर्ष देखि गर्दैआएको ह्वीलचियर बास्केटबल प्रतियोगितामा सहभागी भएका खेलाडी सङ्गको सहकार्य मार्फत महाकाल संस्थाका सेना मार्फत प्रस्ट हुन आएको छ । यसैगरी खेलकुदमा सहभागी नभएका या हुन नसकेका अपाङ्गता भएका ब्यक्तिहरु विभिन्न स्वस्थ्य समस्याका कारण चाँडै मृत्युवरण भएको पाइएको छ ।

यस्ता अबस्थाका व्यक्तीहरुलाई व्याक्तिगत रूपमा स्वस्थ्य र तन्दुरस्त बनाउन एक्लोपनको मानसिक पीडाबाट बचाउनका लागी खेलकुदलाई मुख्य क्रियाकलापको रूपमा अगाडी बढाउँदै आएको छ खेलकुदले समाजमा अपांगता भएका ब्यक्ति लगायत समाजका अन्य नागरिकहरुलाई उनीहरू पनि सक्षम छन अवसर र सहयोगी वातावरण पाए भने जे पनि गर्न सक्छन र परिवार ,समाज र राष्ट्रलाई योगदान दिन सक्छन भन्ने कुराको जनचेतना फैलाउन ठूलो भूमिका खेलेको हुन्छ । तसर्थ खेलकुद सामान्य मानिसको त जीवनको अभिन्न अङ्ग हो भने अझ अपांगता भएका ब्यक्तिहरुलाई त जीवन वरदान नै साबित भएका उदाहरणहरु यथेष्ट मात्रामा छन्।

WhatsApp Image 2025-03-09 at 18.19.14_fb1b0906.jpg

नेपालमा अपांगता भएका व्यक्तिहरूको खेलकुदको इतिहास कोट्याउने हो भने त्यति लामो देखिदैन्न। खेलकुदको बारेमा ब्यपाक जनचेतना जागृत गराउन आजको आवश्यकता भएको छ तसर्थ अपाङ्गता भएको व्याक्तीहरुलाई समाजमा अन्तक्रिया परिवार र समाजमा घुलमिल हुन र गराउन पनि खेलकुदलाई विभिन्न अङ्गका रूपमा लिनुपर्ने हुन्छ । अपांगता भएका व्यक्तिको आधिकार सम्बन्धी महासन्धि २००६ को धारा ३० ले अपांगता भएका व्यक्तिहरुको खेलकुदमा मूल प्रवाहिकरण र विषेश खेलकुदको बारेमा प्रष्ट उल्लेख गरेको छ ।

WhatsApp Image 2025-03-09 at 18.19.19_2f407963.jpg

यसका लागि सबै पक्ष राष्ट्रहरुले उपयुक्त मापन गर्ने उनीहरूलाई उत्साह र सहभागितामा प्रबंधन गर्ने पूर्ण विस्तार गर्ने पहुंचयुक्त खेलकुद र खेलमैदान उपलब्ध गराउने खेलाडी र दर्शकका रूपमा सहभागिता गराउने भन्ने कुरा उल्लेख गरेको छ।खत्री गुनासो गर्छन राष्टिय खेलकुद परिषद्हरु मार्फत बेलाबेलामा पारा ओलम्पिक खेलहरु पनि खेलाउँन थालेको छ यो राम्रो काम हो तर अझै पनि अपांगता भएका व्यक्तिहरुलाई केन्द्रमा राखी अपांगता मैत्री खेलमैदान बजेट तथा कार्यक्रम र योजनाहरू बनाएको पाइदैन यसको लागि सबैको ध्यान जान जरुरी देखिएको छ । प्रतियोगिता २०८२ बैशाख १२ गते आयोजना हुने भएको छ।

WhatsApp Image 2025-03-09 at 18.19.18_1e832995.jpg