Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले यसअघि वरिष्ठ नायब कार्यकारी अधिकृत रहेका घिमिरेलाई सीईओ बनाउने निर्णय गरेको हो ।

दुई कार्यकाल बिताएका सीईओ सुनिल केसीको पदावधि यही फागुन मसान्तमा सकिँदै छ । सोही कारण नयाँ सीईओमा घिमिरेलाई नियुक्त गरिएको हो ।

एक दशकभन्दा बढी समयदेखि एनएमबी बैंकमा आबद्ध घिमिरेलाई कर्जा बैंकिङमा विशेष अनुभव छ ।