Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कृषि विकास बैंकको मोवाईल एपमा अब नयाँ एडिबिएल फण्ड ट्रान्सफर, के-के छन् विशेषता?

कृषि विकास बैंकले आफ्नो मोवाईल बैंकिंगमा रकम भुक्तानीका लागि नयाँ सुविधा एडिबिएल फण्ड (ADBL PAY)  थप गरि संचालनमा ल्याएको छ । बैकले विभिन्न समयमा ग्राहकको माग र आवश्यकतालाई मध्येनजर गरी विभिन्न सेवाहरु बैंकको ADBL Smart Plus मोवाईल बैंकिंग एप मार्फत प्रदान गर्दै आईरहेको छ ।

यसै सन्दर्भमा बैंकले नेपाल पेमेन्ट सोलुसन्ससंगको सहकार्यमा Fund Transfer तथा Wallet Load सुविधा संचालनमा ल्याएको छ । बैंकको मोवाइल बैंकिङ एप "ADBL Smart Plus" मार्फत ग्राहकहरुले रकम ट्रान्फर (Transfer) गर्न सक्ने जसका लागि रकम प्राप्त गर्नेको मोबाइल नम्बर वा सम्वन्धित बैंकको खाता नं र खातावालाको नाम सहित रकम प्रविष्ट गरेर सहज रूपमा सुरक्षित तवरले निर्धक्कसँग रकम ट्रान्सफर गर्न सक्नेछन् ।


यस सुविधाबाट बैंक खाता र वालेटहरूबीच हुने डिजिटल रकम ट्रान्सफर कारोबार छिटो, सहज र सुरक्षित रुपमा गर्न सकिनेछ । रकम ट्रान्सफरका लागि दुई तरिकाबाट भुक्तानी गर्न सकिने सुबिधा रहेकोमा पहिलोमा प्राप्तकर्ताको बैंक खातासँग जडान भएको मोबाइल नम्बर प्रयोग गरी सजिलै रकम भुक्तानी गर्न मिल्ने र दोश्रो तरिकामा रकम प्राप्तकर्ताको बैंकको नाम र खाता विवरण प्रविष्ट गरेर समेत बैंक खाताहरू बीच सजिलै रकम ट्रान्सफर गर्न मिल्ने । यसैगरि ग्राहकहरुले कुनै शुल्क बिना विभिन्न वालेटहरुमा समेत रकम जम्मा गर्ने सुविधा समेत यस सेवामा रहेको छ ।


यस्ता छन् ADBL Pay का विशेषताहरू
• मोबाइल बैंकिङ एप मार्फत रकम ट्रान्सफर गर्न सकिने ।
• कृषि विकास बैंक  लि. का ग्राहकहरूले न्यूनतम शुल्कमा रकम ट्रान्सफर गर्न सक्ने।
• द्रुत र निर्बाध रूपमा रकम ट्रान्सफर हुने।
• छिटो, छरितो र सहज कारोबार हुने ।
• ग्राहकमैत्री सहज संचालन गर्न सकिने।
• तुरुन्तै करोवार हुने ।