नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोषद्वारा संयुक्त रूपमा आयोजित मधेस प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी–२०८१ मा जनकपुर–१६ का कलाकार विजय मण्डलद्वारा निर्मित परम्परागत माटाका मूर्ति ।
मूर्तिमा करिब चार दशकअघि यन्त्रको विकास नहुँदासम्म घरमा धान, गहुँ र दाल कुट्न तथा पिस्न प्रयोग हुने जातो चलाउँदै मिथिला पहिरनमा सजिएको एक महिलाको चित्रण गरिएको छ।
तस्बिरः अमरेन्द्रकुमार यादव