Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

केवलकार निर्माण विवादः ताप्लेजुङमा फेरि झडप

ताप्लेजुङ्गको पाथीभरा क्षेत्रमा निर्माण हुने केवलकारको विषयलाई लिएर ताप्लेजुङमा फेरि झडप भएको छ । ‘नो केबलकार समूह’ र प्रहरीबीच ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार साँझ झडप भएको हो ।

काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार बेलुका फुङलिङ बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका थिए । त्यही क्रममा वीरेन्द्र चोकमा झडप भएको हो । झडपका क्रममा प्रदर्शनकारी र प्रहरी दुवैतर्फ केही घाइते भएको बताइएको छ । प्रदर्शनमा मधेश प्रदेशबाट आएकाहरु समेत सहभागी छन् ।


काफ्लेपाटीबाट फर्किएका आन्दोलनकारीको प्रदर्शनपछि कोणसभालाई विभिन्न नेताले सम्बोधन गरेका थिए । उनीहरुले केबलकार कुनै हालतमा बन्न नदिने दोहोर्‍याएका छन् । पछिल्लो समय केवलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङमा झडपका घटना भइरहेका छन् ।