Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

पूर्वराजा ज्ञानेन्द्रले छोरीको जन्मदिन परिवारसहित क्लब क्याटवाकमा मनाए

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो परिवारसहित पोखरा भ्रमण गरेका छन्।उनले आफ्नी छोरी, राजकुमारी प्रेरणा राज्य लक्ष्मी देवी शाहको जन्मदिन पोखराको ‘ओपनहाउस रेस्टुरेन्ट’ र ‘क्लब क्याटवाक’मा मनाएका हुन्।

राजपरिवारको यस भ्रमणलाई पोखराका स्थानीयवासी तथा पर्यटन व्यवसायीहरूले ऐतिहासिक रूपमा लिएका छन्। ओपनहाउसमा आयोजित समारोहमा पूर्वराजा ज्ञानेन्द्र, उनकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह, छोरा युवराज पारस शाह लगायत राजपरिवारका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

जन्मदिनको अवसरमा केक काट्ने कार्यक्रमसहित विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरू आयोजना गरिएको थियो । त्यसपछि राजपरिवार क्लब क्याटवाक पुगेका थिए, जहाँ थप उत्सव मनाइएको थियो। पूर्व राजा ज्ञानेन्द्रले ओपनहाउसको वातावरण, व्यवस्थापन तथा आतिथ्यको प्रशंसा गर्दै पोखराको प्राकृतिक सौन्दर्यले आफूलाई मोहित बनाएको बताए।

स्थानीय पर्यटन व्यवसायीहरूले पनि राजपरिवारको आगमनले पोखराको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।उनीहरूले सर्वसाधारणसँग फोटो खिचाउनुका साथै छोटो कुराकानी समेत गरेका थिए।