Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबु–छोराको मृत्यु

मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिका–३, हाँसपोखरीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबु–छोराको मृत्यु भएको छ । टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा रहेका बाबु–छोराको ज्यान गएको हो।

सूर्योदय नगरपालिका–६, फाजीगाउँका ४० वर्षे दीर्घराज राई र उनका बुबा ७० वर्षे पवनकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ । झापाबाट घर फर्किंदै गर्दा दीर्घराजले चलाएको प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट गइरहेको को १ ख ६४६२ नम्बरको टिप्परले ठक्कर दिएको हो।


दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा झापाको बिएन्डसी अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ। टिप्पर चालक इलामको माइजोगमाई गाउँपालिका–२, शान्तिचोकका ३० वर्षे खगेन्द्र थामीलाई प्रहरीले पक्राउ गरेको छ।