Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

तीन तलामाथिबाट खसेर पाहुना गएका व्यक्तिको मृत्यु

मकवानपुरमा घरको तीन तलामाथिबाट खसेर पाहुना गएका एक व्यक्तिको मृत्यु भएको छ । शुक्रबार हेटौंडा–५ सानोपोखरामा पाहुना गएका बेला ती व्यक्तिको मृत्यु भएको हो ।

चितवनको कालिका–६ खोलेसिमलका ६० वर्षीय गोविन्द अधिकारीको मकवानपुरमा भिनाजु हरि लामिछानेको घरमा गएका बेला मृत्युु भएको हो । शुक्रबार घरको तीन तलामाथि छतमा बसिरहेको अवस्थामा उनी अचानक छतबाट तल भुइँमा खसी घाइते भएका थिए ।


टाउकाको अगाडिको भागमा चोट लागी गम्भीर घाइते अवस्थामा रहेका उनलाई आफन्तले उपचारका निम्ति हेटौँडा अस्पताल पुर्‍याएका थिए । उनलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन भरतपुर रिफर गरिएको थियो ।

उनको उपचारका क्रममा दिउँसो दुई बजे मृत्यु भएको हो । मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ ।