Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच छुट सम्झौता

कुमारी बैंक लिमिटेड र भक्तपुरको सूर्यविनायकस्थित मिसन हस्पिटल प्रालिबीच कुमारी बैंकका ग्राहकलाई हस्पिटलको सेवामा विशेष छुट दिने समझौता भएको छ।


सम्झौता अनुसार मिसन हस्पिटलबाट दिँदै आएका सेवाहरूमा बैंकका ग्राहकलाई प्रयोगशाला परीक्षण, एक्स–रे, यूसीजी तथा ओपीडी टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट दिइनेछ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।

साथै आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।