Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

होमस्टेमा पाहुनाको चहलपहल, युवाहरु विदेश पलयान हुनबाट रोकिए (भिडियो)

चितवनको माडी नगरपालिका–८ स्थित शिबद्वारमा रहेको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे (घरबास)मा यतिबेला पाहुनाको चहलपहल निकै रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको यस बस्तीमा बि.सं. २०७२ सालमा ११ घरधुरी मिलेर सञ्चालनमा ल्याइएको हो । यहाँ  अहिले १५ घरधुरी रहेको होमस्टेमा प्रत्यक्ष संलग्न रहेका छन् । होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर पुनमगरका अनुसार होमस्टेमा १०० जना पाहुना राख्न सक्ने क्षमता रहेको छ ।

Sequence 01.00_51_40_22.Still1138.jpg

शुक्रबार र शनिवार यहाँ बस्न आउने पाहुनाहरु धेरै हुने मोहनबहादुर बताउछन् । यहाँ नअटेका पाहुनाहरुलाई माडीकै अन्य होमस्टेमा पठाउने गरेको भन्दै उनले माडीमा यस्तै विभिन्न समुदायले सञ्चालनमा ल्याएको ७ वटा होमस्टे रहेको जानकारी दिए । उनले देशभरीनै एउटै पालिकाभित्र धेरै होमस्टे रहेको माडी मात्र भएको दावी गरे।

Sequence 01.00_57_02_14.Still1141.jpg

होमस्टेले यहाँ सबैको जीवनस्तर उकासिएको बताउछन्। आर्यआर्जनसँगै आफ्नो मौलिक संस्कृति पनि जोगिएको उनले बताए। अध्यक्ष मगरले होमस्टे संचालनमा आएसँगै यहाँका युवाहरु विदेश पलयान हुनबाट रोकिएको बताए ।

Sequence 01.00_56_40_10.Still1139.jpg

भरतपुरबाट एकदिनको लागि होमस्टेमा पाहुना बन्न जानुभएका हेमराज रिमाल र सरोज उपरकोटी यहाँ निकै राम्रो सेवा सुविधा पाएको बताए। 

भिडियो