Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सिटिजन्स बैंकको नयाँ शाखा काठमाडौंको पानीपोखरीमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९८औं शाखा काठमाडौंको पानीपोखरीमा संचालनमा ल्याएको छ। यससंगै काठमाडौं उपत्यकाभित्र सञ्चालित शाखाको संख्या ३९ र बाग्मती प्रदेशमा सञ्चालित शाखाको संख्या ५५ पुगेको छ।


पानीपोखरीमा आयोजित एक कार्यक्रमकाबीच बैंकका संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको उद्घाटन गरेका हुन्। कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्याउने दृढता व्यक्त गरे।

उनले नयाँ शाखाका कर्मचारीहरूलाई शुभकामना दिँदै अनुशासित र मर्यादित ढंगले काम गरेर संस्थालाई अझ नयाँ उचाईमा लैजान प्रेरित गरे।

सो अवसरमा बैंक संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सुविधा सम्पन्न यो शाखा मार्फत् ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्ष निशुुल्क प्राप्त गर्न सकिनेछ ।

डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो बर्ष लकर शुुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको बैंकले जनाएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ूको उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९८ वटा शाखा, १६३ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।